असोज १६, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालीहरुको महान चाड विजया दशमीको आगमनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउन तरङ्ग पैदा गर्ने जनमुखी निर्णय गर्दै अघि वढ्ने बताउनुभएको छ ।
आज गण्डकी प्रदेशको राजधानी पोखरामा प्रोस चौतारी नेपाल तथा प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद बस्नेतले समृद्धीको बाटोबाट सरकार एक इन्च पनि पछि नफर्कने भन्दै सरकारको नीति तथा कार्यक्रमले विपक्षिमा तरङ्ग पैदा भएको दावि गर्नुभयो ।
प्रधानमन्त्री ओलीले युएनमा दिएको अभिव्यक्तिले नेपालीको सान उच्च भएको बताउँदै राजनीतिमा प्रतिस्पर्धा विकासमा ऐक्यवद्धता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बिधिको शासनलाई मान्नुपर्ने भन्दै पार्टी भन्दा पनि कामलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
भौतिक विकास जनतासँग प्रत्यक्ष जोडिएकाले नेपालमा जल, रेल तथा विद्युत, हावाबाट विजुली, ग्यास उत्पादन लगायतका विकास गरी नेपालको आर्थिक वृद्धिदरलाई उच्च विन्दुमा पुर्याउन सकिने बताउनुभयो । सांसद वस्नेतले हवाई, जल, रेल तथा विद्युतको माध्यमबाट अन्य मुलुकहरुमा जोडिने क्रममा रहेको विगतको कार्यलाई सरकारले समिक्षा गर्दै सरकार नयाँ रणनीतिका साथ अघि बढ्ने बताउनुभयो ।
देशलाई भद्रगोल अवस्थामा पुर्याएकोलाई ठिक ठाउँमा ल्याउनु वर्तमान सरकारलाई केही समय लागेको भन्दै सांसद बस्नेतले वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई उच्च बनाउँदै दुई वर्ष पछिको वजेटले अन्तराष्ट्रिय समुदायलाई नै मार्गनिर्देश गर्ने प्रकारको आउनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
उहाँले विपक्षिले सरकारको नकरात्मक हल्ला फैलाई बाहिर–बाहिर देखावटी कुरा गर्ने र भित्र–भित्र देशलाई खोक्रो बनाउने प्रयास भइरहेको बताउनुभयो । केही मिडिया, मानवअधिकारवादी तथा अदालत समेत सरकारको विकासवादी कार्यलाई अवरोध गर्दै गएको बताउनुभयो । राजनैतिक गर्ने बहानामा सरकारलाई योजनावद्ध रुपमा घेरा हाली समृद्ध नेपाली सुखी नेपालीको अभियानमा वाधक बन्ने प्रयास प्रयास भइरहेको भन्दै देशको विरुद्धमा आउनु जुनसुकै बाधक कार्यलाई पनि वर्तमान सरकारले असफल बनाउने बताउनुभयो ।
उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउनु देशकै लागि ठूलो आर्थिक घाटा तथा दक्ष व्यक्ति विदेश पलायनको बाटो भएको भन्दै काठमाडौँ उपत्यकामा भएका मेडिकल कलेजहरुको क्षमताले विद्यार्थीको चाप धान्न नसक्ने बताउनुभयो । त्यस्तै उहाँले शैक्षिक माफियाहरुसँग मिसिएर केही राजनैतिक दल, मानवअधिकारवादी तथा पत्रकारहरुले अनावश्यक क्रान्तिकारी कुरा मात्र गर्ने गरेको बताउनुभयो ।
डाक्टरहरुले अनावश्यक आन्दोलन गरेको बताउँदै उहाँले गलत गर्नेलाई कारवाही गर्नुपर्छ भन्ने सरकारले ल्याएको कानुनलाई कसरी गलत भन्ने ? भनि प्रह्न समेत गर्नुभयो भयो । उहाँले दाईने खुट्टामा अप्रेशन गर्नुपर्नेमा देव्रे खुट्टाको अप्रशन गर्ने डाक्टरलाई मात्र ऐन बाधक भएको बताउन त्यस्तै ट्याङकरहरुले तेल चोर्न पाइएन भनेर आन्दोलन गरेको समेत आक्रोस व्यक्त गर्नुभयो ।
प्राकृतिक तथा पर्यावरणिउ रुपमा नेपाल विश्वकै उतकृष्ट रहेको भन्दै सांसद वस्नेतले पोखराको फेवातालको संरक्षण तथा सम्वद्र्धन गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो । उहाँले संसारको उत्कृष्ट १३ वटा तालमध्ये एक रहेको जानकारी गराउँदै फेवाताल संरक्षणको नेतृत्व पूर्व युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद राजिव पहारीलाई आग्रह समेत गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्