अर्थ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब ३९ करोड लगानी गर्ने



असोज १७, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १ अर्ब ३९ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले ३६२ दिने मुद्दती निक्षेपमा क, ख र ग बर्गका बैंक तथा वित्तिय संस्थामा यस्तो लगानी गर्न लागेको हो ।

बाणिज्य बैंकमा १ अर्ब ११ करोड ३७ लाख, राष्ट्रिय स्तरका बिकास बैंकमा २० करोड ८७ लाख र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीमा ६ करोड ९६ लाख रुपैयाँ  ३६२ दिने मुद्दती निक्षेपमा राख्न लागेको हो ।

 बैंक तथा वित्तिय संस्थाले आफुले दिन चाहेको ब्याज र लिन चाहेको निक्षेप खुलाई आगामी शुक्रबार १ बजेसम्ममा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभागमा पुग्ने गरी दरभाउपत्र फारम पेश गर्नु पर्नेछ ।