समाचार

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली पक्राउ



असोज १९, काठमाडाँ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् ।

प्रहरी स्रोतले उनी भारतबाट पक्राउ गरेको पुष्टि गरे पनि विस्तृत जानकारी भने दिएको छैन । ६ करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै देखि ज्ञवाली फरार थिए ।

०७३ असोज ४ गते पुनरावेदन अदालत पाटनले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।