असोज १९, काठमाडौँ । प्रमुख प्रतिपक्षिदल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि स्थगित भएको छ ।
काङ्ग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्न शुक्रबार बोलाएको बैठक विशेष कारणवश असोज २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको बताइएको छ ।
काङ्ग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको जानकारी दिइएको छ ।










प्रतिक्रिया दिनुहोस्