असोज १९, काठमाडौं । जापान सरकारले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि रु ३० करोड ८० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
शुक्रबार अर्थ मन्त्रालयमा कार्यक्रमकाबीच गरिएको समझदारी पत्रमा अनुदान सहायता नेपालको विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउने कार्यक्रममा खर्च गरिने उल्लेख गरिएको छ ।
जापानका लागि नेपालका राजदुत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका छ ।
जापानले नेपालको दिगो आर्थिक–सामाजिक विकासका लागि ‘जाइका’ मार्फत् विभिन्न आर्थिक तथा प्राविधिक सहयोग गराउँदै आएको छ ।










प्रतिक्रिया दिनुहोस्