राजनीति

समाजवादी फोरमका सांसद रौनियार पदबाट स्वत : निलम्बित



असोज २०, काठमाडौं ।  सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको पद स्वतः  निलम्बनमा परेको हो ।

पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रौनियार, पप्पु कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद रौनियारका छोरा सुमित, सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

रौनियार प्रतिनिधिसभाको निर्वाचनअघिसम्म पप्पु कन्स्ट्रक्सनका अध्यक्ष थिए । सांसद निर्वाचित भएसँगै उनले अध्यक्ष पद छाडी छोरालाई जिम्मा लगाएका हुन् ।