विश्व

जथाभावी रक्सी नपिउन स्वास्थ्य मन्त्रालयल मलेसियाको आग्रह



असोज २०, एजेंसी ।  मलेसियाको स्वास्थ्य मन्त्रालयलले जथाभावी रक्सी नपिउन र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।

केही दिनअघि मात्रै विषाक्त रक्सी पिउँदा मलेसियामा १० जना नेपालीको मृत्यु भएको छ । मलेसियामा रहेको नेपाली दूतावासले पनि जथाभावी रक्सी नपिउन र सावधानी अपनाउन गरेको छ  ।

 मलेसियामा नक्कली रक्सीमा मेथानोल हुन सक्ने र यस्तो रक्सी पिउँदा ज्यानै जान सक्ने भएकाले इन्फोग्राफसहित तयार पारेको जनचतेनामुलक सामग्रीलाई दूतावासले नेपाली भाषामा अनुवाद गरेर प्रचार गरेको छ ।

मेथानोल:  एक रसायनिक यौगिक र अखाद्य पदार्थ हो । यसलाई मेथिल अल्कोहल भनिन्छ । यो सवारीसाधन, प्लास्टिक सेन्थेटिक तथा इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ । सामान्यतया रक्सी लगायतका पेय पदार्थमा यसको प्रयोग गरिन्छ ।

रक्सी पिएपछि सास फेर्न गाह्रो भएमा, पेट दुखेमा, आँखा धमिलो देखेमा, रिंगटा लाग्ने वा बान्ता हुने भएमा तुरुन्त अस्पताल जान मलेसियाली स्वास्थ्य मन्त्रालले आग्रह गरेको छ ।

 पेय पदार्थको किन्दा उत्पादक आयातकर्ता, वितरक तथा प्रयोग गरिएका तत्वहरुको बारेमा बुज्ने । लाइसेन्स नभएका, सस्ता तथा सेलमा राखिएका र एकदमै सस्तो रक्सी पिउनुहुन्न । घरमै बनाएको घरेलु रक्सी पनि पिउनुहुन्न ।

मलेसियाको खाद्य ऐन १०८३ को दफा १३ अनुसार जुनसुकै व्यक्ति जसले विषालु, हानिकारक तथा स्वास्थ्यमा असर पार्ने खाद्यय पदार्थ तयार पार्दछ वा बेच्दछ भने त्यस्ता व्यक्ति कानुनअनुसार सजायको भागेदार हुनेछ । त्यस्ता व्यक्तिलाई एकलाख रिंगिट र १० वर्ष जेल वा दुवै सजाय हुन सक्छ ।