असोज २०, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार २०७५ सालको दशैमा पाँच दिन बैंक बन्द हुने भएको छ । असोज ३० गते फुलपातीदेखि कातिक ३ गते एकादशीसम्म बैंक बन्द हुने भएको छ ।
यसपटकको विदामा कटौती गरेकाले बैंकहरुले पनि घट्स्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको विदा पाउने छैनन् । यसअघि यी दिनमा कर्मचारीले विदा पाउँदै आएका थिए । कातिक २१ गते लक्ष्मी पुजा, २२ गते गोबद्र्धन पुजा र २३ गते भाइटिकाका दिन बैंक बन्द रहनेछ ।










प्रतिक्रिया दिनुहोस्