समयमै बिक्र्रीवितरण हुन नसक्दा राजधानी तराई मधेस द्रुतमार्ग निर्माण क्र्र्र्र्र्र्रममा नेपाली सेनाले बाराको निजगढ क्षेत्रमा काटेको करोडौै रुपैया मूल्य बराबरको काठ कुहिन थालेका छन । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
तराईलाई राजधानीसंग जोडने छोटो सडकको रुपमका रहेको द्रुतमार्गको निजगढ क्षेत्रमा सामुदायिक र राष्ट्रिय वनबाट सेनाले कटान गरेर घाटगद्दि गरेर राखेको काठ दाउरा बिक्री वितरण हुन नसक्दा कुहिदै गएको हो ।
वर्षाको भल पानीमा डुबेर काठ कुहिने अवस्थामा पुगेको बकैया नागमणी समूहका अध्यक्ष रवी दङ्गालले बताए । ‘अधिकांश काठ कुहिन थालेको छ’, बकैया नागमणि अध्यक्ष दङ्गालले भने, ‘वन कार्यालयबाट समयमै अनुमति प्राप्त गर्न नसक्दा कुहिएर खेर गयो ।’
उनले प्रकृया पूरा गर्ने नाममा वन कार्यालयबाट समुह बाहिर बिक्रीसंगै आन्तरिक खपतको लागि पनि सहमति पाउन नसकेको र साल बाहेक अन्य जातका काठ दाउरा कुहिएर काम नलाग्ने अवस्थामा पुगेको जानकारी गराए ।
सहमति लिने प्रकृया पुन शुरु गरिएको र अनुमति पत्र पाउने बित्तिकै बिक्री/वितरण कार्य अघि बढाइने अध्यक्ष दङ्गालले बताए । फास्टट्याक निर्माण क्रममा काटिएका मध्ये निजगढ नगरपालिका ८ स्थित बकैया नागमणी समुहको घाटगद्दि स्थानमा मात्रै ३ हजार साल सहित १२ हजार क्विफिट काठ अलपत्र अवस्थामा छ । अध्यक्ष दङ्गालले प्रकृया पुरा गर्ने नाममा वन कर्मचारीबाट अनुमति दिन अनावश्यक रुपमा ढिलासुस्ति गरिएको आरोप पनि लगाए ।
फास्टट्याक निर्माण क्रममा सेनाले बाराको निजगढ नगरपालिकाको नागमणी सहित निजगढ १० को जनहित, निजगढ ४ स्थित कछडिया र बाघभैरव सामुदायिक तथा राष्ट्रिय वनमा काटेको करिव २० हजार क्विफिट काठ अहिलेसम्म पनि बिक्री वितरण हुन सकेको छैन ।
07 October 2018 07:54 AM










प्रतिक्रिया दिनुहोस्