काठमाण्डौ,१४ फागुन। प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं अर्थतन्त्र अनलाइनका प्रधान सम्पादक रामेश्वर कार्कीलाई पुत्र शोक परेको छ ।
शुक्रबार बेलुका धादिङबाट काठमाडौं फर्किने क्रममा काठमाडौं बाफलमा बाटो काट्ने क्रममा कार्कीकी श्रीमति सुभद्रालाई टिप्परले ठक्कर दिएको थियो । टिप्परको ठक्करपछि सुभद्राले काखमा बोकेको १० महिनाको छोरा सुलभ भुईंमा पछारिएका थिए ।
शुलभको उपचारको क्रममा अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा शनिवार बिहान निधन भएको थियो । अम्बिकाको उपचार जारी छ । ठक्कर दिने बा ३ ख ३००६ नम्बरको ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई पितृ शोक परेको छ । गाउँलेका बुवा देवीप्रसाद कोइरालाको सुमेरु अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
प्रतिक्रिया दिनुहोस्