असोज २१, काठमाडौं । भुटानमा हुने साफ यू–१८ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच भिड्दैछ ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा हुने फाइनल खेल आज साँझ सात बजेदेखि सुरु हुनेछ । नेपालले सेमिफाइनलमा भारतलाई पेनाल्टी शुटआउटमा ३–१ गोलले हराउँदै बंगलादेशसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
बंगलादेश सेमिफाइनलमा घरेलु टोली भुटानलाई ४–० गोलले हराएर फाइनलमा पुगेको हो ।










प्रतिक्रिया दिनुहोस्