असोज २१, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पनालाई साकार पार्न वातावरण प्रदुषण हुन नदिन तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।
आइतबार काठमाडौंमा आयोजित वातावरण सम्मेलनलाई सम्बोधन गर्दै उहाँले वातावरण प्रदुषण हुन नदिन र जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्दै लैजान तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।
राष्ट्रपति भण्डारीले वायुप्रदुषण न्यूनिकरणका लागि पेट्रोलियम पदार्थलगायतका वायु प्रदुषण गर्ने पदार्थहरुमा लगाइएको कर सदुपयोग गर्न उपयुक्त हुनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण समेत गराउनु भयो ।










प्रतिक्रिया दिनुहोस्