असोज २१, काठमाडौँ । प्रदेश पदाधिकारीको चयन र सरकारको काम–कारबाहीलाई लिएर पार्टीभित्रै असन्तुष्टि चर्किरहेका बेला प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।
आइतबार अपराह्न ४ बजे बस्ने नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा आन्तारिक पार्टीका गतिविधि तथा वर्तमान सरकारले गरिरहेका कामकारवाहीको बारेमा छलफल हुने स्रतोले बताएको छ ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेका बेला बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी तोकेपछि खासगरी नेपाल समूहले यसमा चर्को असन्तुष्टि जायर गर्दै आइरहेका छन् । उनले छलफलविपरीत प्रदेश कमिटीको जिम्मेवारी तोकिएको भन्दै नोट अफ डिसेन्ट नै दर्ज गराएका छन् ।










प्रतिक्रिया दिनुहोस्