असोज २१, एजेंसी । कङ्गोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनामा आगो लाग्दा ५० जनाको मृत्यु भएको छ ।
एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौना अनुसार दुर्घटनापछि ट्याङ्करबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको, दर्जनौँ मानिस घाइते हुनुका साथै ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको जनाएको छ ।
पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्याङ्कर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो ।
प्रतिक्रिया दिनुहोस्