रोचक

दक्षिणलाई उत्तर कोरियाले दियो २ टन च्याउ उपहार



असोज २१, एजेंसी । उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनले दक्षिण कोरियालाई २ टन च्याउ उपहार दिएका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियामा गएका बखत उत्तरले घोषणा बमोजिमको च्याउ दक्षिण कोरिया पठाएको हो । नेता किमलाई शान्तिको प्रतीकका रुपमा दक्षिण कोरियालाई च्याउ उपहार दिएको बताइएको छ ।

उपहार दिइएको सल्ले च्याउ विशेष प्रजातिको च्याउ मानिन्छ । झण्डै ४ हजार परिवारले आधा आधा किलोका दरले च्याउ प्राप्त गर्नेछन् ।