समाचार

राहत शिक्षकद्वारा स्थायी गर्न माग गर्दै माइतीघर मण्डलामा बिरोध प्रर्दशन



सोज २१, काठमाडौं ।  देशभरका राहत शिक्षकहरुले  स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरेका छन् ।

आइतबार माइतीघर मण्डलामा नयाँ बानेश्वरसम्म -यालीसहित प्रर्दशन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा आयोजित विरोध प्रर्दशनमा सहभागी राहत शिक्षकहरुले स्वत स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न  चेतावनी दिएका छन ।