असोज २१, एजेंसी । मेक्सिको सिटी हैटीमा शनिबार राति गएको ५.९ म्याग्नीच्यूडको भूकम्पमा परी १० जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार राति ८ बजेर १० मिनेट जाँदा भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्भेका अनुसार पोर्ट–डि–पाइक्स सहरबाट २० किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १२ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको थियो ।
भूकम्पबाट घरहरु, चर्च र एउटा अस्पतालमा क्षति पुगेको छ । भूकम्पबाट धेरै मानिस घाइते भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्