समाचार

नेपाल खाद्य संस्थानले बजार भाउभन्दा सस्तोमा खसीबोका बिक्रि गर्ने



असोज २२, काठमाडौं । नेपाल खाद्य संस्थानले दसैंका च्यांग्रा तथा खसीबोका बजारमा भन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा बिक्रि गर्ने भएको छ ।

खाद्य संस्थानले किन्दा च्यांग्रा प्रतिकिलो १० रुपैयाँ महँगो परे पनि बजारको भाउ भन्दा सस्तोमा बिक्रि गरिने साथै घटस्थापनाको अर्को दिनदेखि बिक्रिका लागि राखिने जनाएको छ ।

संस्थानले  बजारमा भन्दा सस्तो र गुणस्तरीय सामान पाइने भएकाले सहुलियत मुल्य पसलमा गएर दसैंको लागि सागम्री किन्न संस्थानले आग्रह गरेको हो । काठमाडौं उपत्यकाको रामशाहपथ, नख्खु, महाराजगञ्ज, कलंकी, सूर्यविनायक, टेकुलगायतका स्थानमा पसल सञ्चालन गरिएको जनाएको छ ।