समाचार

छक्का पञ्जा ३ को टिमद्वारा ‘ग्याजेट फ्रेम वेब पोर्टल’ सार्वजनिक



असोज २२,काठमाडौं ।  चलचित्र छक्का पञ्जा ३ का टीमले सम्पूर्ण सूचना समेटिएको ग्याजेट फ्रेम वेब पोर्टल सार्वजनिक गरेको  छ ।

सिक्स सिग्मा इंकले सञ्चालनमा ल्याएको यो अनलाइन पोर्टल चलचित्र छक्का पञ्जा ३ का निर्माता एवं कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे ‘माग्ने बुढा’सहितको टिमले सार्वजनिक गरेको हो ।

ग्याजेट फ्रेम डटकममा हाल विश्वबजारमा उपलब्ध सबैजसो मोबाइल ब्रान्ड र तिनका प्रडक्टको पूरा विवरण समावेश गरिएको छ ।  नेपालमा कति मूल्यमा उपलब्ध छन्, नजिकको कुन स्टोरमा पाइन्छ आदि जानकारी केही क्लिकको भरमै जानकारी प्राप्त गर्न सकिन्छ। साथै पछिल्ला प्रडक्टको रिभ्यु, स्मार्टफोन र यससम्बन्धी समाचार र ब्लग, अन्तवार्ता, ग्याजेट टिप्स आदि पोर्टलमा समावेश गरिएको छ ।

वेब पोर्टल सार्वजनिकछक्का पञ्जा ३को निर्दशक दीपाश्रीले प्रविधिको बजार बढेसँगै उपभोक्ताले अनलाइनबाटै सामान रोज्न र सही सूचना प्रदान गर्न ग्याजेट फ्रेम सफल हुनेमा विश्वास लिईन् ।