विश्व

भारतमा इन्धनमा मूल्यवृद्धि



असोज २२, एजेंसी ।  भारतमा इन्धनको मूल्य वृद्धि भइरहेको छ ।

पेट्रोल र डिजेलको मूल्य आज सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भारु (८२.०३), नेरु (१३१.२५) र डिजेलको मूल्य भारु (७३.८२) नेरु (११८.११) पुगेको छ ।

मुम्बईमा पेट्रोलको मूल्य भारु ८७.५० र डिजेलको मूल्य भारु ७७.३७ तोकिएको छ ।