असोज २२, हेटौंडा । प्रदेश ३ को राजधानीबारेको प्रस्ताव प्रदेशसभा बैठकमा पेश भएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेश भएको हो । उपयुक्तताको आधारमा प्रदेश राजधानी सिफारिस गर्न गठित विशेष समितिका सभापति दीपक निरौलाले प्रतिवेदन सभामा प्रस्तुत गरेका हुन् ।
समितिले प्रदेश सभालाई काभ्रे, चितवन, भक्तपुर, नुवाकोट र मकवानपुर गरी ५ जिल्ला राजधानी तोक्न उपयुक्त भएको भन्दै सिफारिश गरेेको छ । समितिको प्रतिबवदन संसदमा पेश भएपछि प्रदेश सभामा राजधनीको विषयले प्रवेश पाएको हो ।
हेटौंडालाई नै प्रदेश तीनको स्थायी राजधानी बनाउनु पर्ने माग गर्दै जन सरोकार केन्द्रले सोमबार संसद सचिवालय अगाडि धर्ना दिएको छ ।सोमबारको बैठकसँगै प्रदेशसभाको बैठक स्थगित भएको छ ।










प्रतिक्रिया दिनुहोस्