राजनीति

निर्मला हत्या प्रकरण : बलात्कारविरुद्ध थाल ठटाउँदै नर्सहरु माइतीघर मण्डलामा



असोज २३, काठमाडौं ।  कञ्चनपुरकी १३ बर्सिया निर्मला पन्तको हत्यारालाई पक्राउको  माग गर्दै आज काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रर्दशन गरेको छ ।

युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै  माइतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रर्दशन गरेको हो ।

निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै चर्का नाराबाजी समेत गरेका छन ।