Banner News

विकृति र विसंगतीको अन्त्य गर्दै नयाँ स्तरमा एकतावद्ध हुनु जरुरी : उप्रम पोखरेल



असोज २४, काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले विकृति र विसंगतीको अन्त्य गर्दै नयाँ स्तरमा एकतावद्ध हुनु जरुरी रहेको बताउनुभएको छ ।

आफ्नो सामाजिक सञ्जाल फेसवुकमा स्ट्टयाटस लेख्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँको स्ट्याटस जस्ताको त्यस्तै :

हिजो अत्यन्त प्रतिकूल अवस्थामा, एक किसिमले केही नभएको अवस्थामा, अथक प्रयत्नका साथ हामीले कम्युनिष्ट पार्टी बनायौं र त्यसलाई एउटा नयाँ उचाइमा पुर्यायौं । मैलिकतामा आधारित सुसंगत विचारका श्रृंखला विकास गर्यौं ! सुदृढ संगठनात्मक संरचना तथा आम जनतामा स्थापित नेतृत्व पंक्ति विकास गर्यौं । यसक्रममा पार्टीभित्रै देखापर्ने विकृति- विसंगतीका विरूद्धमा जुध्यौं र त्यसका वाहकहरूलाई पराजित गर्दै अघि बढ्यौं – बढिरह्यौं ! हामी एकता र एकतावद्ध हुने कुराको पक्षमा उभिइरह्यौं, फूट विभाजनका विरूद्धमा चट्टानी ढंगले खडा भयौं र पराजीत गर्यौं । यी काम गरिरहँदा हामीले देश र जनताका हितमा काम गर्ने कुरालाई केन्द्रमा राखिरह्यौं ! हामी 

‘क्रान्तिकारी शक्ति निर्माण गर्ने’ नाममा वा ‘क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने ‘ नाममा विदेशी भूमिमा आश्रित रहेनौं, रहन चाहेनौं । देशमा 

‘क्रान्तिकारी परिवर्तन’ गर्ने नाममा विदेशी शक्तिसित कुनै गोप्य साँठगाँठ पनि गरेनौं । हामी आफ्नै देशका आधारभूत जनतामा भर परेर टिक्न चाह्यौं, बाँच्न चाह्यौं ! जनताले नरूचाएका वा जनतालाई हानी पुर्याउने कुनै रूमानी ‘संघर्ष’मा रमाएनौं, त्यस्ता कुरालाई रुचाउँदै रुचाएनौं ! हामीभित्र आत्मकेन्द्रित जंगली महत्वाकाँक्षा कहिले पनि झांगिन पाएन, फल्न फूल्न पाएन । यसरी, हामी राष्ट्रिय राजनीतिमा महत्वपूर्ण केन्द्र बन्न सफल रह्यौं, राजनीतिक आन्दोलनका साथै सामाजिक आन्दोलनमा पनि नेतृत्वदायी शक्ति बन्यौं ! 

अहिले हामी भन्दैछौं – हामी थप एकतावद्ध बनेका छौं ! कता हो कता , शक्तिशाली पनि बनेका छौं !! तर हाम्रो यो स्थितिलाई सच्चा शक्तिमा बदल्नका लागि विगतमा हामी स्वयमले स्थापित गरेका विचार, विधि, मान्यता, अभ्यास र आचरणलाई नयाँ स्तरमा उठाउनु र स्थापित गर्नु ज़रूरी छ । प्राप्त भएको उचाइसंगै चुनौतीहरू पनि प्रकट हुनसक्छन् भन्ने कुरालाई यतिवेला पनि हेक्का राख्नु ज़रूरी छ । त्यस्ता दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न विगतमा हामी स्वयमले स्थापित गरेका, विकसित गरेका कुरामा आधारित हुँदै अगाडि बढ्नुपर्ने ज़रूरी छ । हाम्रा राम्रा कुराहरूले, हामी स्वयमले विकास गरेका राम्रा कुराहरूले मात्र हामीलाई बचाउन सक्नेछन्, हामी नयाँ स्तरमा उठ्न सक्नेछौं !!