राजनीति

कुरामा हैन काममा ध्यान, निर्धारित समयमा आयोजना सम्पन्न हुनुपर्छ : सांसद बस्नेत



असोज २४, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास निर्माणका काममा कसैले कुरामा ध्यान नभइ काममा ध्यान दिनुपर्ने बताउँदै निर्धारित समयमा आयोजनाहरु सम्पन्न गर्न निर्देशन दिनभएको छ ।

आफ्नो कार्यकाल तथा राजनैतिक जीवन विकास निर्माण तथा राष्ट्र र राष्ट्रियताको पक्षमा समर्पित रहेको बताउँदै सांसद बस्नेतले आउने सन्ततीले अग्रज पुस्ताले विकास निर्माणका कार्यहरु नगरेको भनि गुनासो गर्ने वातावरण सिर्जना गर्नु नहुने बताउनुभयो । त्यस्तै दोस्रो पुस्ताले पहिलो पुस्ताको विकास निर्माणको कार्यलाई सम्पन्न गर्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकारले विकासको नयाँ गतिले देशलाई अघि वढाएको बताउँदै सांसद बस्नेतले समृद्ध नेपाल सुखी नेपाली बनाउनु अपरिहार्य भएको बताउनुभयो । सरकारको नीति तथा कार्ययोजनादेखि केही राजनैतिक दलहरु आत्तीएको बताउनुभयो । आत्तीएकै कारण देशभर विकास विरोधी क्रियाकपलाहरु एक पछि अर्को गर्दै अनावश्यक कुराहरुको पछि लागेको समेत दावी गर्नुभयो । पछिल्लो समय प्रतिपक्षि दलमात्र नभई केही मिडिया, मानवअधिकारवादी तथा न्यायलय समेत विकास विरोधी भएको बताउनुभयो ।

उहाँले जसले जुन तरिकाले विकासको विरोध गरेपनि कुनैपनि विकासका आयोजनाहरु नरोकिने समेत जानकारी गराउनुभयो । उहाँले भक्तपुरमा निर्माणको प्रकृयामा अघि वढेका राष्ट्रिय गौरवका स्मार्ट सिटी, सभागृह, विर अस्पताल, सडक, रङ्गशाला, प्राणी उद्यान केन्द्र लगातका आयोजनाहरु निर्माण कार्य समयमा नै सम्पन्न हुनेमा कुनै संका नगर्न समेत स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

गरे सम्भव छ, हाम्रै पालामा भन्ने कुरालाई आत्मसात् गर्दै सांसद बस्नेतले बजेटको व्यवस्था गर्ने मात्र नभई कामको प्रगति तथा गुणस्तरलाई पछिल्लो समय छड्के जाँच गर्ने थाल्नुभएको छ । यसै क्रममा उहाँले सूर्यविनायक नगरपालिका वडा नं. १ पात्लेटार र सूनपा वडा नंं. ४ दधिकोटमा रहेको चरखण्डी खोलामा निर्माणाधिन पुलको निरिक्षण गर्नुभएको हो ।

कुल एक करोड १२ लाखको लागतमा ८ मिटर चौडाई भएको उक्त पुलको निर्माणको वस्तुस्थिती बुझ्न उहाँ उक्त निर्माणाधिन पुलको प्रगति विवरणको मूल्याङ्कन गर्न पुग्नुभएको हो । सांसद बस्नेत लगायत समुहले गरेको स्थलगत छड्के निरिक्षणले निर्धारित समयमा नै हुने स्थानीयवासीले बताएका छन् ।

व्यस्त समयको बावजुत पनि स्थलगत निरिक्षण गर्नु भक्तपुर वासीको लागि सांसद बस्नेत भक्तपुरले रोजेको विकासले खोजेको व्यक्तिको रुपमा रहेको स्थानीयवासी बताउँछन् ।