रोचक

शरीरमा जमरा उमार्न नौ दिनका लागि सुते कृष्ण



असोज २४, काठमाडौं । आज घटस्थापनाको दिन ३६ बर्षीय कृष्ण शाहीले शरीरमा जमरा उमार्ने  कार्य शुरु गरेका छन् ।

काठमाडौंको शोभाभगवती मन्दिर परिसरमा दशैंको आज पहिलोदिन आफ्नो शरीरमा जमरा प्रतिस्थापन गरेका हुन । उनले सातपटकसम्म नौदिनसम्म पानीसमेत नखाई शरीरमा जमरा उमार्ने अठोट लिएका छन् ।

यसअघि तीनपटकसम्म जमरा उमार्ने काम पूरा गरिसकेका र यो उनको चौथोपटक रहेको बताएका छन ।  मन्दिरमा उनलाई हेर्न आउनेको घुइँचो लाग्छ । नौंदिनसम्म पानी समेत नखाई बस्नु सामान्य व्यक्तिको कल्पनाभन्दा बाहिर छ । अर्को आश्चर्यलाग्दो कुरा उनको शरीरको मलमुत्र प्रकिया समेत बन्द रहने गर्छ ।

नौ दिनसम्म अन्नपानी केही नखाई कसरी बस्नुहुन्छ रु भन्ने जिज्ञासामा उनले यस कार्य दैवी शक्ति र ब्रत बस्ने संकल्पका कारण सम्भव हुने बताएका छन  ।