असोज २४, एजेंसी । भारतको उत्तर प्रदेश राज्यमा आज बुधबार रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुको अनुसार रैबेरली जिल्लामा अवस्थित हार्चापुर रेल स्टेसनको नजिकै भएको बताइएको छ ।
रेलका आठओटा डिब्बा रेलमार्गबाट बाहिर निस्किएपछि दुर्घटना परी ६ जनाको मृत्यु भएको छ भने अरु ३० घाइते भएका छन् । रेल सेवाका अधिकारीहरुले रेल दुर्घटनाको कारण खोजी भइरहेको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्