असोज २४, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न नागरिक समाजका अगुवाहरुलाई आग्रह गरेका छन ।
बुधबार ललितपुरस्थित सातदोबाटोमा निर्मित ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गर्दै आईजीपी खनालले सरकारले दिएको जिम्मेवारी र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक पूरा गर्न मातहतका निकायलाई निर्देशन समेत दिएका छन ।
प्रहरी महानिरीक्षक खनालले समाज र संगठन भित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण ‘गम्भीर चोट’ पुगेको भन्दै त्यस्ता प्रहरीलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन ।










प्रतिक्रिया दिनुहोस्