सम्पादकीय

डोजरकाे जगजगी : तराईका फाँटदेखि पहाडका पाखासम्म १४ हजार बाटो खन्दै



स्थानीय विकासका नाममा तराईका फाँटदेखि पहाडका पाखासम्म डोजर कुदाइएका छन्। देशभर अहिले १३ हजार ६६६ डोजर सञ्चालनमा छन्। यो हिसाबले एक जिल्लामा औसतमा १७७ डोजरले बाटो खनिरहेका छन् । समाचार नयाँ पत्रिका दैनिकमा छ ।

अध्ययनविना र डोजर अपरेटरको ‘इन्जिनियरिङ’मा खनिएका सडकले विकासभन्दा विनास निम्त्याएका छन्। तर, आफैं र नातागोताले सञ्चालन गरेका डोजरले जनप्रतिनिधिलाई व्यक्तिगत फाइदा भइरहेको छ ।