असोज २५, काठमाडौंँ । प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसमा नेपाल विद्यार्थी संघमा उमेर हद तोक्ने विषयमा विवाद सिर्जना भएकाले केन्द्रिय समितिको अनिश्चितकाल सम्मको लागि बैठक स्थगित भएको छ ।
काँग्रेसले पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्न असोज २५ गतेलाई बैठक बोलाएको थियो । तर, अधिकांश नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक अनिश्चितककालका लागि स्थगित भएको हो ।
विवाद अन्त्यको लागि अब दशै पछि मात्र केन्द्रिय कार्य समितिको बैठक बस्ने प्रवत्ता विश्वप्रकाश शर्माले जनाकारी दिनुभयो ।
केन्द्रीय कार्यसमितिको बैठकले भातृ संस्था नेविसंघको विधानमा ३२ वर्षे हदम्याद कायम गर्ने निर्णय पारित गरेपछि पार्टीका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र कृष्ण सिटौलाले निर्णयमा असहमति जनाउदै ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्