असोज २५, एजेंसी । अमेिरकाकाे फ्लोरिडाको तटीय क्षेत्रमामा १०० वर्ष यताकै शक्तिशाली आँधी आएको छ ।
आँधीका कारण फ्लोरिडाको उत्तर–पश्चिमी क्षेत्रमा ठूलो बाढी आएको छ । बाढीका कारण घरहरु डुबेका छन् भने तीव्र गतिमा हुरी पनि चलेकाे छ । हालसम्म कम्तिमा १४ जनाको मृत्यु भएको खबर छ ।
माइकल आँधी २०० किलोमिटर प्रतिघण्टाको गतिमा छ । माइकल आँधी तीव्र गतिमा शक्तिशाली बनेको हो । आँधी र बाढीबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको छ । अलबामा, जर्जिया, फ्लोरिडा लगायतका क्षेत्रमा आपतकालीन स्थिति घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्