Banner News

नेपाल प्रहरीले थप जिम्मेवार र सक्रिय भएर अगाडि बढ्नुपर्छ : प्रम ओली



असोज २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले आगामी दिनमा थप जिम्मेवार र सक्रिय भएर अगाडि बढ्न आग्रह  गरेका  छन ।

६३ औं प्रहरी दिवसको अवसर पारेर बिहीबार काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान काार्यालयमा आयोजित एक समारोहमा बोल्दै नेपाल प्रहरीले जनताको निकट रहेर अपराध  नियन्त्रण र समाजमा अमनचयन कायम गर्न आगामी दिनमा थप जिम्मेवार र सक्रिय भएर अगाडि बढ्न आग्रह  गरेका छन ।

प्रधानमन्त्री ओलिले  संयुक्त राष्ट्र संघको मिसनमा रहेर नेपाल प्रहरीले खेलेको भूमिकाको पनि स्मरण गराउदै नेपाल प्रहरीको दृढता, इमान्दारिता र कर्तव्यनिष्ठाको मुक्तकण्डले प्रशंसा गरेका छन  ।

उनले  ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानलाई सार्थक बनाउन नेपाल प्रहरीले थप जिम्मेवार बन्नुपर्ने पनि बताएका छन  ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई नमूना प्रहरी संगठनको रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरेका छन ।