समाचार

रुपन्देहीमा किशोरीको सामुहिक बलात्कार गर्ने २ जना पक्राउ



असोज २५, बुटवल । रुपन्देहीमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कारमा  अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका- १० का ३५ वर्षाीय उदय थापा र वुटवल उपमहानगरपालिका-७ का २६ वर्षीय कृष्ण थापा रहेका छन ।

उनीहरूले बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जंगलमा मोटरसाइकलमा पुर्‍याएर सामुहिक बलात्कार गरेको पीडित किशोरीले बताएको छ ।

घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ  ।