हातहातमा मोबाइलले देशभर ल्यान्डलाइनको फोन प्रयोग कम हुँदै गएको छ । अझ इन्टरनेटले त एउटै घरका वल्लोपल्लो कोठामा समेत संवाद हुन थालेको छ । खबर नयाँ पत्रिकामा छ ।
हुम्लाको नाम्खा गाउँपालिकास्थित लिमी गाउँका बासिन्दाले भने फोन गर्न पनि पालो कुर्नुपर्ने अवस्था छ । ‘एउटै फोन छ, जिमी क्षेत्रका तीन गाउँका बासिन्दाले फोन गर्नुपर्छ, त्यसैले पालो कुरेर बस्छौँ’, स्थानीय निमाछिरिङ तामाङले भने । उनका अनुसार फोन दिउँसो घाम लागेका वेला मात्र चल्ने गरेकाे छ ।
बिहान, बेलुकी र राति काम दिँदैन। लिमीमा नेपाल टेलिकमको एउटा भी-स्याट फोन छ। त्यसैका भरमा सबैले खबर आदानप्रदान गरिरहेको स्थानीय कोलाप्साङ तामाङले बताए। लिमी क्षेत्रमा तिल, हल्जी र जाङ गरी तीन गाउँ र जम्मा २७५ परिवार छन् । गाउँपिच्छे एक–एक थान भी-स्याट फोन छ । यी तीनै सेटबाट फोन गर्दा प्रतिमिनेट १० र आएको फोन रिसिभ गर्दा पाँच रुपैयाँ तिर्नुपर्छ ।










प्रतिक्रिया दिनुहोस्