असोज २६, एजेंसी । इजिप्टको सैनिक अदालतले १७ जनालाई मृत्यु दण्डको दिने फैसला गरेको छ ।
चर्चमा बम विस्फोटन गराइएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्यु दण्डको सजाय तोकिएको हो । लडाकूका नाममा गराइएको विस्फोटनमा परी दर्जनौंको मृत्यु भएको थियो ।
घटनामा दोषी पाइएका अरु १९ जनालाई आजीवन काराबासको सजाय तोकिएको छ भने दश जनालाई दशदेखि १५ वर्षसम्मको जेल सजाय तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्