सम्पादकीय

रामवीरलाई नेकपा सा‌ंसद र कार्यकर्ताको प्रश्न- राजीनामाकाे घाेषणा किन गरेकाे ?



दसैंले गर्दा सुनसानप्रायः सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा काठमाडौं निर्वाचन क्षेत्र ७ का सांसद रामवीर मानन्धर अाउँदा माहाैल तात्याे । बिहीबार अपराह्न १ बजेतिर मानन्धर कार्यालय आइपुग्दा पार्टीका सांसद र कार्यकर्ताको घेरामा परे उनी । त्यसपछि सुरु भयाे उनीमाथि प्रश्नको ओइरो- राजीनामा दिने घाेषणा किन गरेकाे ? याे समाचार अाजकाे अन्नपूर्ण पोस्टमा छ ।

‘पार्टीले टिकट दिएको हो, पार्टीले भनेपछि जसले पनि पद छाड्नुपर्छ’, मानन्धरले झर्को मान्दै जवाफ दिए। अधिकांशले ‘पार्टीमा सल्लाह नै नभई कसरी राजीनामा दिनुभयो त? ’ भन्ने प्रश्न तेर्स्याए पनि उनी यो प्रश्नको जवाफ दिनबाट तर्किंदै थिए।

उनी केही बेरमै दलको कार्यालयबाट निस्किए। नेता वामदेव गौतमका लागि सांसद पदबाट राजीनामा दिएको पत्र अध्यक्ष पुष्पकमल दाहालमार्फत पार्टीमा बुझाएपछि उनी चर्चामा छन्। पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग सल्लाह नगरी उनले राजीनामापत्र बुझाएपछि शीर्ष नेता नै आश्चर्यमा परेका छन् ।