राजनीति

सडक, रेल र जलमार्गको कामलाई सरकारले अगाडी बढाई रहेको छ : अध्यक्ष प्रचण्ड



असोज २७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक, रेल र जलमार्गको कामलाई वर्तमान सरकारले प्राथमिकता दिएर अगाडी बढिरहेको बताएका छन  ।

नेकपाको मध्यपुर थिमि नगर कमिटीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो दलको सरकार दुई पार्टीको एकतालाई मूर्तरुप दिन दशैं पछि प्रदेश र जिल्ला कमिटीहरुको काम तीव्र गतिमा अगाडी बढाइने अध्यक्ष प्रचण्डले बताएका छन  ।

नेपालमा आर्थिक समृद्धिको ढोका खुलेको बताउँदै प्रचण्डले चीन र भारतसँग विभिन्न सम्झौता भएपछि नेपाल ‘ल्याड लक’बाट ल्याड लिंक देश बनेको बताएका छन  ।