Banner News

मुलुकलाई अघि बढाउन बाधक हुन आउने गतिविधिविरुद्ध एक्लै रोक्न तयार छू : पोखरेल



सोज २७, काठमाडौं । उपप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य इश्वर पोखरेलले मुलुकलाई स्वभाविक ढंगले अघि बढाउन बाधक हुने गरी आउने कुनै पनि गतिविधिविरुद्ध एक्लै भएपनि आफू उभिने स्पष्ट पारेका छन  ।

चाडपर्वको अवसर पारेर शनिबार आयोजित चियापान कार्यक्रममा सबैलाई शुभकामना दिदै उपप्रधानमन्त्री पोखरेलले सरकारले कामै गरेन भन्ने खालको टिप्पणी न्यायोचित नभएको भन्दै  मुलुकलाई अघि बढाउन बाधक हुन आउने  गतिविधिविरुद्ध एक्लै भएपनि आफू उभिने  तयार रहेको बताएका छन ।

पप्रधानमन्त्री पोखरेलले काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र नेता गौतमलाई उठाउने भन्ने विषय पार्टी भित्र छलफल नै नभएकाले त्यसमा टिप्पणी गरिरहन आवश्यक नरहेको प्रतिक्रिया पनि दिएका छन  ।