असोज २८, बारा । नेपाली कांग्रेसका नेता, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान केपी ओली नेतृत्वको सरकारकाले दुई तिहाइको दम्भमा संघिय लोकतान्त्रीक गणतन्त्रलाई लत्याएको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेस बाराले शनिबार विपी स्मृति भवन कलैयामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिटौलाले ओली सरकार संघीयता विरोधी रहेको समेत आरोप लगाउनुभयो ।
देशको विकास तथा नागरिकको हितको काम छोडेर, बलात्कार, हत्या, हिंसा, बेरोजगारी, महंगी, कर वृद्धि लगायतका कार्यहरु गरी जनताको ढाड सेक्ने कार्य गरिरहेको बताउनुभयो । वर्तमान सरकारले स्वतन्त्र न्यायलय, पत्रकारीता तथा प्रहरी प्रशासनमाथि समेत हस्तक्षेप गरेको दावि गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्