समाचार

प्रमुख प्रतिपक्षिदलको चेतावनी : राजधानी सारे नाकाबन्दी गर्छौं



असोज २८, मकवानपुर । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसलगायतका केही सांसदहरुले प्रदेश नं. ३ को स्थायी राजधानी सारे नाकावन्दी गर्ने चेतावनी दिएका छन् ।

हेटौंडामा जिल्ला समन्वय समिति, निर्माण व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा सत्तापक्ष र प्रतिपक्ष दुबै दलका नेताले राजधानी हेटौंडामा नै हुनुपर्ने विषय उठाउने गरेका छन् ।

हेटौंडामा शनिबार भएको शुभकामना आदानप्रदानमा सत्तापक्ष दलका नेतृ कुमारी मोक्तानले राजधानी हेटौंडाबाट अन्यत्र लैजानका लागि खेल चलिरहेको बताइन् । प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी हेटौंडा भन्दा अन्यत्र लैजाने तयारी भए नाकाबन्दी गर्ने चेतावनी दिए ।

संसदमा ७३ जनाका बहुमत पुग्न नदिने र राजधानीलाई हेटौंडामा राख्नका लागि केन्द्रीय नेतृत्वलाई दवाब दिनका लागि दलीय सहमतिको विकल्प नभएको भन्दै नेताहरु एकै ठाउँमा रहने भएका हुन् ।