रोचक

होचापुड्का मात्र बस्ने याङ्सी गाउँ



असोज २९, एजेन्सी । चीनको सिचुआन प्रान्तमा याङ्सी नामक छ । उक्त  गाउँलाई होचा पुड्काहरुको गाउँ भनिन्छ ।

यस गाउँमा बस्ने ४० प्रतिशत मानिस होचा पुड्का छन् । गाउँमा रहेको होचापुड्का मानिसको अधिकतम उचाई ३ फिट १० इन्च र न्यूनतम उचाई २ फिट १ इन्च रहेको छ ।

सन् १९९७ मा भएको एक अनुसन्धानका क्रममा गाउँमा भएको माटोमा पारोको मात्रा उच्च पाइएको र पुड्कोपनाको कारक तत्वपनि त्यसैलाई मानिएको थियो । तर यसको थप पुष्टि हुन सकेको छैन ।