विश्व

इजरायली प्रमुख विमान कम्पनीद्वारा उडान बन्द गर्ने चेतावनी



असोज २९ एजेन्सी  । इजरायलका प्रमुख  विमान कम्पनीद्वारा सन् २०१९ को जनवरी १ देखि उडान नगर्ने चेतावनी दिएको छ  ।

येदिओथ आहरोनोथले उल्लेख गरे अनुसार एल अलका प्रमुख एली दापासले इजरायली राष्ट्रिय सुरक्षा परिषद्का उपप्रमुख र प्रधानमन्त्रीको कार्यालयका महानिर्देशकलाई जरूरी पत्र लेख्दै उक्त घोषणा गरेका जनाएको छ

विश्वभर रहेका हाम्रा कार्यालयमा सुरक्षा गार्डको व्यवस्थालाई निरन्तरता दिने कुरामा विदेश मन्त्रालयले कुनै चासो नदिएपछि सबै उडानहरू अवरूद्ध गर्ने निष्कर्षमा पुगेका छौँ, दापासको पत्रमा लेखिएको छ ।

इजरायली विमान कम्पनी एल अल, अर्किया र इसराइरद्वारा उडान भर्ने देशमा रहेका विमानस्थलमा इजरायली सुरक्षाकर्मीले सम्बन्धित मुलुकको सुरक्षा अधिकारीको सहयोगीका रूपमा काम गर्दै आएका थिए ।