Banner News

अधिकार नभएको विषयमा निर्णय गर्छ भने त्यो कार्यान्वयन हुँदैन : मन्त्री पण्डित



असोज २९, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं. २को सरकारले छिट्टै प्रहरी भर्ना गर्ने तयारी गरेको भन्ने कुरा थाहा  नभएको भन्दै अधिकार नभएको विषयमा  निर्णय गर्छ भने त्यो निर्णय कार्यान्वयन नहुने बताएका छन।

सोमबार रिपोर्टर्स क्लबमा मन्त्री पण्डितले बोल्दै  यदि निर्णय भएको छ भने त्यो कार्यान्वयन नहुने साथै खारिज समेत हुने बताएका छन।

मन्त्री पण्डितले मुलुक संघीय प्रणालीमा अघि बढिसकेको बताउँदै राजनीतिक व्यवस्थाको काम मात्रै होईन, अहिले प्रशासनिक व्यवस्थापनको काम पनि धेरै हदसम्म अगाडि बढेको स्पष्ट पारेका छन ।