कार्तिक १, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षमा राज्यको ढुकुटी मजवुत बनाउँदै आगामी बर्षमा वृद्धाभत्ता बढाउने बताउनुभएको छ ।
विर्तामोडमा शुक्रबार आयोजित प्रधानमन्त्री ओलीले सरकारको सफलतासँग आफ्नो असफलता देख्नेहरुले विभिन्न हल्ला चलाएर विचलन ल्याउन खोजेको बताए । प्रधानमन्त्री ओलीले सरकारले जनताको विश्वासलाई तलमाथि पर्न नदिने बताउनुभयो ।
चुनावका बेला पार्टीले ज्येष्ठ नागरिक भत्ता बढाउने प्रतिवद्धता गरेपनि अघिल्लो सरकारले राष्ट्रिय ढिकुटीको चरम दोहन गरेकाले बढाउन नसकिएको ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सरकार देश विकासको कामलाई द्रुत गतिमा अघि बढाउन तल्लिन रहेको बताए । ‘धुलो नउड्ने सडक बनाउन पनि सडकमा धुलो उडाउनु पर्छ’ उनले भने, ‘दुई बर्षभित्र काठमाडौंका सडक सफा भइसक्छन् ।’










प्रतिक्रिया दिनुहोस्