रोचक

यो कुकुरको टाउकाको मूल्य ८० लाख तोकियो



कार्तिक ४, एजेन्सी ।  दक्षिण अमेरिकी देश कोलम्बियामा सोम्ब्रा नामक कुकुरको टाउकाको मूल्य  ८० लाख तोकेका छन् ।

सोम्ब्रा नामक उक्त कुकुरले २ वर्षमा झण्डै १ अर्ब रुपैयाँ बराबरको मूल्यको लागुऔषध बरामद गर्न सहयोग गरेको छ, पुलिसलाई । कुकुरका कारण निदहराम भएका लागुऔषध अपराधीहरुले कुकुरको टाउकाको मूल्य तोकेका छन् । उक्त कुकुरलाई जिउँदै वा मारेर ल्याउने मानिसलाई ८० लाख रुपैयाँ बराबरको पुरस्कार दिने घोषणा तस्करहरुले गरेका छन् ।

दक्षिण अमेरिकी देश कोलम्बिया लागु औषध तस्करीका लागि विश्वभर कुख्यात देश हो । त्यहाँ कैयन् लागुऔषध कारोवारीहरु वर्षौँदेखि आफ्नो कारोबार जमाएर बसिरहेका छन् । तर पछिल्लो दिनमा एउटा कुकुरले कोलम्बियाका धेरै तस्करहरुलाई बाँच्नै मुस्किल बनाइदिएको छ ।

यो कुकुरको सहयोगले पुलिसले २ सय ४५ जना लागुऔषध अपराधी पक्रिन सफल भएको छ । यसले देशका दुईवटा ठूला एयरपोर्टमा पालैपालो ड्युटी गर्ने गरेको छ ।