समाचार

सप्तरीमा माइक्रो बसको ठक्करले पैदल यात्रीको मृत्यु



कार्तिक ५, राजविराज । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका १ मा सोमबार बिहान माइक्रो बसको ठक्करले एक पैदल यात्रीको मृत्यु भएको छ ।

बिराटनगरबाट काठमाडौं जाँदै गरेको बा ५ ख १४५१ नम्बरको माईक्रो बसको ठक्करबाट स्थानीय ६५ वर्षिय अन्दुलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घट्नामा संलग्न माईक्रो बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।