कार्तिक ५, काठमाडौँ। मासुलाई उमेरअनुसार, स्वास्थ्य अवस्था र आवश्यकताको पहिचान गरी मिलाएर खाएमा धेरै फाइदा हुन्छ ।
वृद्ध र बिरामी : यो अबस्थाको मानिसले रातो मासु खाँदा चिल्लोरहित मासु खानु पर्दछ । साथै मुटुका बिरामी, युरिक एसिडका बिरामीले यस्तो मासु खाँदा सन्तुलन मिलाएर खानुपर्छ ।
वयस्क : यो अबस्थाका मानिसले आफूलाई चाहिने प्रोटिनको आवश्यकतालाई ध्यानमा राखेर चिल्लो र छालारहित मासु सेवन हप्तामा एकदिन गर्न सकिन्छ । एउटा स्वस्थ वयस्क व्यक्तिलाई प्रत्येक दिन ६० देखि ७० ग्राम प्रोटिन चाहिन्छ । हप्तामा एक दिन मासु खानु स्वास्थ्यका हिसाबले राम्रो मान्न सकिन्छ ।
१८ वर्षसम्मका बालबालिका : यो उमेरका बालबालिकाले रातो मासु खान मिल्छ । त्योभन्दा बढी उमेर समूहले भने आफ्नो शरीर, दैनिक क्रियाकलाप, स्वास्थ्य अवस्था हेरेर मात्र थोरै मात्रामा रातो मासु खान सक्छन् । खसी, राँगाको मासु रातो मासुअन्तर्गत पर्छ भने कुखुरा, माछा सेतो मासुअन्तर्गत पर्छन् ।
सुत्केरी र गर्भवती महिला : मासुमा आइरन हुने भएकाले सुत्केरी र गर्भवती महिलाहरुलाई शरीरमा रगतको पूर्ति गर्न मद्दत गर्छ । यस्तो अवस्थामा पनि हामीले आवश्यक मात्रामा अन्य सन्तुलन भोजनसँग मिलाएर मासु सेवन गर्न सक्छौँ । सुत्केरी, गर्भाअवस्थामा दैनिक ६० देखि १०० ग्राम प्रोटिन आवश्यक हुन्छ ।
प्रतिक्रिया दिनुहोस्