समाचार

अछामको बान्नीगढी जयगढबाट १४ जुवाडे पक्राउ



कात्तिक ६, अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकाबाट १४ जना जुवाडे पक्राउ परेका छन ।

जयगढको रोडबजार को कोल्ड स्टोरमा जुवातास खेलिरहेका राजनीतिक दलका नेता, शिक्षकदेखि गाउँका अगुवासम्म पक्राउ परेका हुन् ।

उनिहरुबाट  ६० हजार चारसय ४० नगद रुपैयाँ, ६ प्याकेट तास, तीन थान कापीसमेत बरामद गरिएको  प्रहरीलेजनाएको  छ ।

पक्राउ परेका सबैलाई  जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ