कात्तिक ६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।
नेकपा केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले प्रवक्ताबाट श्रेष्ठले दिएको राजीनामा अश्वीकृत गरेको हो ।
आइतबारको बैठकमा बामदेव गौतमले आफ्नो असन्तुष्टि पोखेका थिए । सो बैठकले सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत गरेको थियो । सोमबारको बैठकमा नेताहरुका असन्तुष्टि र नीतिगत रुपमा उठाएका प्रश्नहरुलाई गम्भीरतापूर्वक लिने र आगामी दिनमा सच्याउँदै अघि बढ्ने प्रतिवद्धता अध्यक्षद्धयले व्यक्त गरेका थिए ।
पार्टीका विभिन्न कमिटीहरुको एकीकरण र जनवर्गीय संगठनहरुको एकताबारे छलफल गर्न बुधबार सचिवालयको बैठक पुनः बस्ने भएको छ । सो बैठकले एकताको प्रस्ताव तयार पारेर कात्तिक १२ र १३ गते बस्ने बस्ने स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी छ ।










प्रतिक्रिया दिनुहोस्