समाचार

काठमाडौंमा साझा यातायातका ५ विद्युतीय बस सञ्चालन



कार्तिक ६, काठमाडौं । काठमाडौंमा साझा यातायातले ५ वटा विद्युत्तीय बस सेवा शुरू गरेको छ ।

मंगलबार बिहान ललितपुरको  हरिहर भवनमा  एक कार्यक्रमक आयोजित गरी  प्रधानमन्त्री केपी शर्मा ओलीले  विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन गरेका छन ।

चालकसहित २० सिटको क्षमताका भएको बसहरु चिनियाँ कम्पनीले निर्माण गरेका हुन् ।उक्त बसमा सीसी क्यामेरा  समेत जडान गरिएका छन् ।