कात्तिक ७, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र विश्व वौद्धिक सम्पत्ति संगठनका महानिर्देशक फ्रान्सिस गुरीबीच भेटवार्ता भएको छ ।
भेटमा बौधिक सम्पति सम्बन्धी पुरानो कानून पुनर्विचार गर्दै राष्ट्रिय हित अनुकूल नयाँ ऐनमा काम भइरहेको जानकारी गराएको मन्त्री यादवले बताए ।नेपाललाई वौद्धिक सम्पति सम्बन्धित नयाँ कानून, जनतचेतना, जनशक्ति निर्माण र यसका लागि चाहिने एकीकृत कार्यालयका निम्ति प्रविधिक र गैरप्राविधिक सहयोगको खाँचो रहेको मन्त्री यादवले बताएका थिए ।
भेटमा महानिर्देशक गुरीले नेपाललाई आवश्यक जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेको मन्त्री यादवले जानकारी दिएका छन ।










प्रतिक्रिया दिनुहोस्